FAQs Complain Problems

सूचना तथा समाचार

प्रथम पटक प्रकाशित मिति: २०७५ साउन १३ गते  

यस गाउँपालिकालाई बहुक्षेत्रीय पोषण कार्यक्रमको लागि एक जना स्वयंसेबक को आबश्कता परेकाले तपसिल बमोजिमक योग्यता, अनुभब भएका र यस गाउँपालिका भित्र स्थायी बसोबास भएका नेपाली नागरिकलाई यस सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र रितपूर्वकको निबेदन दिनहुन यो सूचना जारी गरिएको छ ।

तपशिल: 

१. पद: बहुक्षेत्रीय पोषण कार्यक्रम स्वयंसेबक (MNSP Volunteer) ।

२. शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट १२  कक्षा वा सो सरहको तह उत्तीर्ण गरेको ।

३. अनुभाव: सामुदायिक परिचालिकको क्षेत्रमा कम्तिमा २ वर्ष अनुभब हासिल गरेको ।

४. उमेर हद: २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको ।

५. सेवा अवधि: २०७६ असार मसान्त सम्म ।

६. सेवा सुबिधा: कार्यपालिकाको निर्णय अनुसार हुनेछ ।

७. आवश्कता:

  • दरखास्त सम्बन्धी निवेदन ।
  • वायोडाटा ।
  • नेपाली नागरिकताको प्रमाण पत्रको परतिलिपि एक थान ।
  • पासपोर्ट साईजको फोटो २ प्रति ।
  • नेपाल सरकारबाट मान्यता प्राप्त शैक्षिक संस्थाबाट माथि उल्लेखित पद अनुसार उत्तिर्ण गरेको प्रमाण पत्रको प्रतिलिपिहरु ।
  • कुनै पनि सरकारी तथा गैर सरकारी संस्थामा काम गरेको अनुभवको कागजातहरुको प्रतिलिपि ।

८. सम्पर्क मिति: टेलिफोन मार्फत जानकारी गराईनेछ ।

९. परिक्षा किसिम: तोकिएको सुचनाको आधारमा  छोटो सुची तयार गरि आबश्कता प्रक्रिया अबलम्बन गरी  छनौट गरिने ।

नोट: अन्य कुरा बुझ्नु परेमा यस कार्यालयमा सम्पर्क गर्नुहुन अथवा फोकल पर्शन बासुदेव उपाध्याय मो नं  ९८५७८२४८२१ मा सम्पर्क राख्न सकिनेछ ।

Pages