सुनिल स्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले आज वडा नम्वर २ स्थीत श्री ज्ञानोदय आधारभूत विद्यालय महेन्द्री र ज्योति प्रकाश माध्यामिक विद्यालय हरिगाउँको विद्यालय अनुगमन तथा निरिक्षण गर्नु भएको छ, अनुगमनको क्रममा अध्यक्ष घर्तीले विद्यालयको भौकितक अवस्था, प्रशासनीय अवस्था र विद्यार्थीहरुको गुनासो समेत सुन्नु भएको थियो । तहाँ देखिएका समस्यालाई सम्वोधन गर्ने गरि प्रसासनिक तर्फ देखिएका समस्या माथि अध्यक्ष घर्तीले सुझाव, सल्लाह समेत दिनुभएको थियो ।
गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती, प्रमुख प्रसासकिय अधिकृत लेखनाथ न्यौपाने, पशु सेवा शाखा प्रमुख अोम गिरीलगाएतका टोलिको मर्नीङवाक कृषकको फर्मसम्म गर्नुभएको छ । आज उहाँहरुले "महरा वाख्रा पालन फर्म"को अवलोकन गर्नुभएको हो । वैदेशिक रोजगारबाट फर्किएर यो कार्यमा लागेका कृषक नेत्र बहादुर महराले बताउनुभयो । कृषि क्षेत्रबाट आफु एकदमै सन्तुष्ट समेत रहेको उहाँको भनाइ छ ।