समाचार
नागरिकता सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु. १००/-
आवश्यक कागजातहरु:
जन्म दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति । |
जन्म मिति खुलेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि । |
हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति । |
निवेदकको पिता/माता/विवाहित महिलाको लागि पतिको ना.प्र.प.को सक्कल प्रतिलिपि १/१ प्रति वा सनाखत गर्ने घर परिवारको अन्य व्यक्ति भएमा निजको ना.प्र.पत्रको प्रतिलिपि । |
विवाहित महिलाको हकमा निजको बाबु वा माइती तर्फको एकाधरका परिवारको ना.प्र.प.को प्रतिलिपि १ प्रति, जन्म दर्ता प्रमाण पत्र, विवाहदर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि १/१ प्रति । |
अन्य गा.पा. बाट बसाई सरी आएको व्यतिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति र बसोबासको प्रमाणित हुने कागजातहरु । |
निवेदकको पिता/पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाण पत्र र नाता प्रमाणितको सक्कल र प्रतिलिपि १/१ प्रति । |
कर्यालायले आवश्यकता अनुसार स्थलगत किटानी सर्जमिन मुचुल्का गर्ने सक्ने । |