FAQs Complain Problems

समाचार

सुनिलस्मृति गाउँपालिका

Read More

लिस्ने लेक

Read More

सुलिचौर र रुईनीवाङ बजार

Read More

चिउरी प्रसोधन

Read More

गाउँपालिका वृत्तचित्र

गाउँपालिका परिचय

संघिय लोकतान्त्रीक गणतन्त्रात्मक राज्य नेपालको ७ वटा प्रदेश मध्ये भौगोलिक, आर्थिक, सामाजिक र सांस्कृतीक विविधतायुक्त लुम्बिनी प्रदेश अन्तर्गत पर्ने रोल्पा जिल्लाको १० वटा स्थानिय तह (१ नगरपालिका, ९ गाउँपालिका) मध्ये पुर्बी रोल्पाको ब्यापारिक नाका समेत रहेको छ यस सुनिल स्मृति गाउँपालिका । यस गाउँपालिकाको पुर्वमा लुङ्री गाउँपालिका र प्युठान जिल्लाको प्युठान नगरपालिका, पश्चिममा रोल्पा नगरपालिका र रुन्टिगढी गाउँपालिका, उत्तरमा सुनछहरी र रोल्पा नगरपालिका र दक्षिणमा प्युठान जिल्ला रहेको छ । साविकका ६ वटा गा वि स समेटी ८ वटा वडामा विभक्त यस गाउँपालिकामा कृषि, पशुपालन, जलविधुत, औधोगिक विकास साथै रय

Pages

जन प्रतिनिधि

उपाध्यक्ष

कर्मचारी ब्लक

प्रमुख प्रशासकीय अधिकृत

सेवाहरु

सेवा प्रकारः- विविध विषयहरु
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
सम्बन्धित क्र.सं. मा उल्लेख गरिए बमोजिमका कागजातहरु पेश गर्नुपर्ने ।
अन्य सिफारिशहरु अंग्रेजीमा गर्नुपर्दा नियमानुसार कागजात ।
सेवा प्रकारः- विविध विषयहरु
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
रितपूर्वक पेशगरिएको निवेदन ।
निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
नोट: संघीय पुनःसंरचना वा सरकारको निर्णयले फरक परेकोमा मात्र
सेवा प्रकारः- विविध विषयहरु
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
रितपूर्वक विवरण खुलेको निवेदन ।
बन्द घर कोठा खोल्नु पर्नाको कारण आधार स्पष्ट हुने कागजात ।
निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
सेवा प्रकारः- विविध विषयहरु
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- गाउँपालिका वा वडा कार्यालय सूचना अधिकारी
सेवा दिने कार्यालयः- गाउँपालिका/वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
रितपूर्वक पेश गरिएको निवेदन ।
निवेदकको नागरिकता वा नागरिक भएको परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपी ।
नोट: दश पृष्ठ भन्दा बढीको विवरण भएमा शुल्क लाग्ने
सेवा प्रकारः- न्याय सम्पादन
सेवा समयः- -
जिम्मेवार अधिकारीः- न्यायिक समिति
सेवा दिने कार्यालयः- न्यायिक समिति वा समितिले तोकेको मेलमिलापकर्ता/केन्द्र
सेवा शुल्कः- आवश्यकता अनुसार
आवश्यक कागजातहरुः-
न्यायीक समितिबाट निरुपण, फैसला हुने विषयहरु:
१. आलिधुर, बाँधपैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग ।
२. अर्काको बाली नोक्सानी ।
३. चरन, घाँस, दाउरा ।
४. ज्याला मजदुरीको ।
५. घरपालुवा पशुपंक्षी हराएको वा पाएको ।
६. ज्येष्ठ नागरिक पालन पोषण तथा हेरचाह नगरेको ।
७. नाबालक छोराछोरी वा पति पत्नीलाई आमद अनुसार खान लाउन वा शिक्षा दिक्षा नदिएको ।
८. वार्षिक २५ लाख रुपैया सम्मको घरबहाल ।
९. अन्य व्यक्तिको घर, जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको ।
१०. आफ्नो घर वा बलेसीबाट अर्काको घर, जग्गा वा सार्बजनिक बाटोमा पानि झारेको ।
११. सँधियारको जग्गा तर्फ झ्याल राखी घर बनाउँदा छोड्नुपर्ने जग्गा नछोडेको ।
१२. कुनै सार्बजनिक स्थलको उपयोग नदिएको ।
१३. अन्य कानुन बमोजिमका विषयहरु ।
मेलमिलापको माध्यामबाट मात्र छिनोफानो हुने विषयहरु:
१. सरकारी, सार्बजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्कोले चापी, मिची वा घुसाई खाएको
२. सरकारी, सार्बजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने जग्गामा घर वा कुनै संरचना बनाएको
३. पति पत्नी बिचको सम्बन्ध बिच्छेद
४. अंगभंग बाहेकको बढीमा १ वर्ष सम्म कैद हुने कुटपिट
५. गाली बेइज्जती
६. लुटपिट
७. अर्को आवासमा अनाधिकृत प्रवेश गरेको 
८. अर्काको हक/भोगमा रहेको जग्गा आवाद/भोगचलन
९. ध्वनी प्रदुषण गरी वा फोहोरमैला फ्याँकी छिमेकीलाई असर पुर्याएको
१०. पशुपंक्षी छाडा छाडेको वा राख्दा वा पाल्दा लापरबाही गरी अरुलाई असर परेको
११. प्रचलित कानुन बमोजिम मेलमिलाप हुनसक्ने व्यक्ति बादी भई दायर हुने अन्य देवानी र १ वर्षसम्म कैद हुनसक्ने फौजदारी विवाद
सेवा प्रकारः- न्याय सम्पादन
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- न्यायिक समिति
सेवा दिने कार्यालयः- न्यायिक समिति वा समितिले तोकेको मेलमिलापकर्ता/केन्द्र
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
हदम्याद तोकिएको विषयमा सोही बमोजिम र नतोकिएकोमा ३५ (पैतिस) दिनभित्र रितपूर्वक तयार  गरेको (तीन पुस्ते विवरण, ठेगाना र सम्पर्क माध्यम खुलेको) निवेदन पत्र ।
आवश्यक सम्वद्ध कागजातहरु ।

Pages

जानकारी