| न्यायीक समितिबाट निरुपण, फैसला हुने विषयहरु: |
| १. आलिधुर, बाँधपैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग । |
| २. अर्काको बाली नोक्सानी । |
| ३. चरन, घाँस, दाउरा । |
| ४. ज्याला मजदुरीको । |
| ५. घरपालुवा पशुपंक्षी हराएको वा पाएको । |
| ६. ज्येष्ठ नागरिक पालन पोषण तथा हेरचाह नगरेको । |
| ७. नाबालक छोराछोरी वा पति पत्नीलाई आमद अनुसार खान लाउन वा शिक्षा दिक्षा नदिएको । |
| ८. वार्षिक २५ लाख रुपैया सम्मको घरबहाल । |
| ९. अन्य व्यक्तिको घर, जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको । |
| १०. आफ्नो घर वा बलेसीबाट अर्काको घर, जग्गा वा सार्बजनिक बाटोमा पानि झारेको । |
| ११. सँधियारको जग्गा तर्फ झ्याल राखी घर बनाउँदा छोड्नुपर्ने जग्गा नछोडेको । |
| १२. कुनै सार्बजनिक स्थलको उपयोग नदिएको । |
| १३. अन्य कानुन बमोजिमका विषयहरु । |
| मेलमिलापको माध्यामबाट मात्र छिनोफानो हुने विषयहरु: |
| १. सरकारी, सार्बजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्कोले चापी, मिची वा घुसाई खाएको |
| २. सरकारी, सार्बजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने जग्गामा घर वा कुनै संरचना बनाएको |
| ३. पति पत्नी बिचको सम्बन्ध बिच्छेद |
| ४. अंगभंग बाहेकको बढीमा १ वर्ष सम्म कैद हुने कुटपिट |
| ५. गाली बेइज्जती |
| ६. लुटपिट |
| ७. अर्को आवासमा अनाधिकृत प्रवेश गरेको |
| ८. अर्काको हक/भोगमा रहेको जग्गा आवाद/भोगचलन |
| ९. ध्वनी प्रदुषण गरी वा फोहोरमैला फ्याँकी छिमेकीलाई असर पुर्याएको |
| १०. पशुपंक्षी छाडा छाडेको वा राख्दा वा पाल्दा लापरबाही गरी अरुलाई असर परेको |
| ११. प्रचलित कानुन बमोजिम मेलमिलाप हुनसक्ने व्यक्ति बादी भई दायर हुने अन्य देवानी र १ वर्षसम्म कैद हुनसक्ने फौजदारी विवाद |